सामान्य वर्षामा चुहिन थाल्यो दशरथ रंगशालाको भीआईपी प्याराफिट
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) का लागि रातारात पुनर्निर्माण गरिएको दशरथ रंगशालाको प्याराफिट शुक्रबार परेको सामान्य वर्षामा पनि चुहिन थालेको छ ।
रंगशालाको भीआईपी प्याराफिट सामान्य वर्षा हुँदा नै चुहिन थालेको हो । सागको समापन भएको तीन दिन नबित्दै छाना चुहिए पछि भीआईपीका लागि बिछ्याइएको कार्पेट भिजेको छ ।
साग गत मंगलबार मात्रै सकिएको छ ।