प्रतिभा मालीले माल्दिभ्स लिग खेल्ने
नेपाली राष्ट्रिय भलिबलकी स्पाइकर प्रतिभा मालीले माल्दिभ्सको लिग खेल्ने भएकी छन् ।
दुई संस्करण खेलिसकेकी माली यसपटक पनि लिग खेल्न जाने भएकी हुन् । प्रतिभाले पुलिसको टीमबाट लिग खेल्ने छिन् ।
मंगलबार सकिएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक र एभीसी सेन्ट्रल जाने भलिबलमा नेपाल च्याम्पियन बन्दा प्रतिभाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
बांग्लादेशमा सम्पन्न सेन्ट्रेल जानेमा प्रतिभा उत्कृष्ट खेलाडी बनेकी थिइन् ।