कला/साहित्य विहीबार, मंसिर २६, २०७६

पाटनमा परम्परागत बाजा र तस्वीर प्रदर्शनी शुरु

हिमालखबर

पाटन दरबार संग्रहालयमा परम्परागत बाजा र पुराना तस्वीरको प्रदर्शनी शुरु भएको छ ।

नजिकै आएको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर संग्रहालयले उक्त प्रदर्शनी आयोेजना गरेको हो ।

बिहीबारदेखि शुरु भएको डेढमहिने सो प्रदर्शनीमा पाटनका पुराना २४ तस्वीर तथा द, काँ, डमरु, मादल, दमोखी, मृदङ्ग, सारङ, ढ्यांग्र्रो, नेखिन, शङ्ख, नेकु, डबडब, जोनगडा, पञ्चताल र नगडालगायत बाजा रहेको पाटन दरबार सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए ।

उनले भने, “संग्रहालयले २२ आ‍ैं वर्षगाँठको अवसर पारेर नेपालमा रहेका परम्परागत बाजा तथा पुराना तस्वीर प्रदर्शन गर्दा बढीभन्दा बढी मानिसले यसको महत्व र इतिहासबारे सजिलै जानकारी हासिल गर्न सक्नेछन् ।”

प्रतिकृया दिनुहोस