राष्ट्रियसभाको निर्वाचन ९ माघमा
राष्ट्रिय सभाको दुई वर्षे कार्यकालका लागि आगामी ९ माघमा निर्वाचन हुने भएको छ ।
सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभाको निर्वाचन ९ माघमा गर्ने निर्णय भएको बताए । राष्ट्रियसभाका १९ जनाको पद २१ मंसीरमा सकिदैछ ।
कार्यकाल सकिनेमा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादी पार्टी नेपालका एक जना र सरकारबाट मनोनित एक जना छन् ।
पद रिक्त हुनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा र मुक्ताकुमारी यादव छन् ।
यस्तै, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि आगामी २० फागुनमा सकिदैछ ।
राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।