कीर्तिमानी गौरिकाः नौ विधामा सहभागी, चार स्वर्णसहित नाै पदक
दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंह सर्वाधिक सफल र कीर्तिमानी खेलाडी बनेकी छन् ।
जारी तेह्रौ सागमा गौरिकाले एउटै सागमा चार स्वर्ण बनाउने नयाँ किर्तिमान मात्रै बनाइनन्, धेरै स्वर्ण जित्ने दीपक बिष्टकाे रेकर्डसँग बराबर पनि गरिन् ।
साेमबार सकिएको ३८ स्वर्णमध्ये नेपालको नाममा आएको चारै स्वर्ण गौरिकाले जितेकी हुन् ।
पौडीमा स्वर्ण विहीन अथवा अन्तिमतिर हुने नेपाल गौरिकाको सुपरस्टार प्रदर्शनकै कारण तेस्रो स्थानमा सुरक्षित हुन सक्यो।
गौरिकाले सहभागिता जनाएको नौ वटै विधामा पदक जितेर सर्वाधिक उत्कृष्ट खेलाडी रहेको समेत प्रमाणित गरेकी छन् ।
१२औं सागमा पनि गौरिकाले पदक जितेकी थिइन् ।