प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
एपेन्टिसाइटिसको शल्यक्रिया गरे आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
१० मंसीरमा शल्यक्रिया गरेका प्रधानमन्त्री ओली १९ मंसीरमा बालुवाटार फर्किएका थिए । त्यस यता व्यक्तिगत भेटबार्ता गरिरहेका प्रधानमन्त्री ओलीले दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार नै नेकपाको सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओली अस्पतालमै रहदा पनि अध्यक्ष दाहालले बैठक बोलाएका थिए ।