नेपाललाई गौरिका र देविकाले दिलाए थप दुई स्वर्ण
नेपालले थप दुई स्वर्णपदक प्राप्त गरेकाे छ । गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३ औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् ।
यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
यसैगरी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकूद केन्द्रमा भएको ५२ केजी तौल समूहमा देविकाले स्वर्ण जितेकी हुन् ।
यससँगै नेपाललाई प्राप्त भएको स्वर्ण संख्या ४५ पुगेको छ ।