खेलकुद शुक्रबार, मंसिर २०, २०७६

साग क्रिकेटः माल्दिभ्स विरुद्ध नेपालको जित, स्वर्ण पदककाे संभावना कायम राख्न बांग्लादेशलाई जित्नैपर्ने

हिमालखबर

साग क्रिकेटः माल्दिभ्स विरुद्ध नेपालको जित, स्वर्ण पदककाे संभावना कायम राख्न बांग्लादेशलाई जित्नैपर्ने
फाइल तस्वीर

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा माल्दिभ्स विरुद्ध नेपाल विजयी भएको छ ।

नेपाल ८४ रनले विजयी भएको हो । नेपालका लागि ललितनारायण राजवंशी र सुशन भारीले समान दुई–दुई विकेट लिए । पवन सर्राफले एक विकेट लिए ।

अलराण्डर करण केसीले बिस्फोटक ब्याटिङ गर्दै १६४ रनको चुनौती पाएको माल्दिभ्सले ६ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

टस जितेर फिल्डिङ राजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि करणले १६ बलमै ४० रन प्रहार गरे । उनले चार छक्का र दुई चौकाको मद्दतमा ४० रन बनाए । अघिल्लो क्रमका ब्याट्सम्यान खासै नचल्दा करणले सर्वा्धिक स्कोर बनाउँदै माल्दिभ्स विरुद्ध नेपालले १६३ रन बनायो ।

टस जितेर ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ३९, कप्तान ज्ञानेन्द्र मल्ल १९, विकेट किपर विनोद भण्डारी १९ र पूर्व कप्तान पारस खड्काले ११ रन जोडे । आरिफ सेखले १७ रन बनाए भने पवन सर्राफले खाता खोल्न सकेनन् । सुशन भारी एक रनमा अविजित रहे ।

श्रीलंकासँग पराजित भएको नेपाल रन रेटको आधारमा तेस्रो स्थानमा छ । तीन खेलबाट समान ४ अंक जोडेको बांग्लादेश दोस्रो स्थानमा छ । स्वर्ण पदकका लागि शनिबार बिहान ९ बजे हुने बांग्लादेश बिरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

 

प्रतिकृया दिनुहोस