करण केसीको उत्कृष्ट ब्याटिङ, माल्दिभ्सलाई १६४ रनको चुनौती
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा माल्दिभ्स विरुद्ध अलराण्डर करण केसीले बिस्फोटक ब्याटिङ गरेका छन् ।
सातौं नम्बरमा ब्याटिङ गर्न आएका करणले १६ बलमै ४० रन प्रहार गरे । उनले चार छक्का र दुई चौकाको मद्दतमा ४० रन बनाए ।
अघिल्लो क्रमका ब्याट्सम्यान खासै नचल्दा करणले सर्वाधिक स्कोर बनाउँदै माल्दिभ्स विरुद्ध नेपालले १६३ रन बनायो ।
टस जितेर ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ३९, कप्तान ज्ञानेन्द्र मल्ल १९, विकेट किपर विनोद भण्डारी १९ र पूर्व कप्तान पारस खड्काले ११ रन जोडे ।
आरिफ सेखले १७ रन बनाए भने पवन सर्राफले खाता खोल्न सकेनन् । सुशन भारी एक रनमा अविजित रहे ।