साग साइक्लिङमा नेपाललाई अर्को स्वर्ण
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् ।
काठमाडौँको गोकर्णमा भएको खेलमा तामाङले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जितेका हुन् । उनले एक मिनेट १९.०८ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।
सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जिते ।