खेलकुद मंगलबार, मंसिर १७, २०७६

महिला भलिवलमा दोस्रो सेट नेपालले जित्यो

हिमालखबर

महिला भलिवलमा दोस्रो सेट नेपालले जित्यो
null

१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिवलमा दोस्रो सेट नेपालले जितेको छ ।

भारत विरुद्ध नेपालले २५–२३ ले सेट जितेको हो । यसअघि भारतले एक सेट जितेको छ । भारतले २५–१७ ले पहिलो सेट जितेको थियो ।

टीम गेममा नेपाल यसै खेलबाट स्वर्ण जित्ने दाउमा छ । नेपालले विभिन्न २१ स्वर्ण जितिसकेको छ । तर, टीम गेममा भने नेपालको यो फाइनल खेल हो ।

नेपालले समूह चरणमा बांग्लादेश र सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।

प्रतिकृया दिनुहोस