खेलकुद मंगलबार, मंसिर १७, २०७६

महिला भलिवलमा स्वर्णका लागि नेपाल भारतविरुद्ध भिड्दै

हिमालखबर

महिला भलिवलमा स्वर्णका लागि नेपाल भारतविरुद्ध भिड्दै

१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिवलमा नेपाल भारतविरुद्ध खेल्दैछ ।

टीम गेममा नेपाल यसै खेलबाट स्वर्ण जित्ने दाउमा छ । नेपालले विभिन्न २१ स्वर्ण जितिसकेको छ । तर, टीम गेममा भने नेपालको यो फाइनल खेल हो ।

नेपालले समूह चरणमा बांग्लादेश र सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।

प्रतिकृया दिनुहोस