१३औं सागमा २० स्वर्ण सहित नेपाल शीर्ष स्थानमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको २० स्वर्ण पुगेको छ ।
तेस्रो दिन १० किलोमिटर दौडमा पहिलो पटक नेपालका लागि सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा पूरा गरिन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काँस्य पदक जितेकी छन् ।
उसुमा नेपालले दुई स्वर्ण जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । नेपालले दुवाथोलनमा पनि स्वर्ण जितेको छ । हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् ।
कराँतेतर्फ ६७ केजी तौल समूहमा नवीन रसाइलीले स्वर्ण पदक जिते ।