टीम पुरुष करातेमा नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको पुरुष टीम कातामा पनि नेपालले स्वर्ण जितेको छ । नेपालले श्रीलंकालाई हराउँदै स्वर्ण जितेको हो ।
नेपालको टीममा पण्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङ थिए । नेपालले २५ दशमलव ५४ अंक ल्याएर स्वर्ण जित्यो ।
श्रीलंकाले भने २५ दशमलव २८ अंक जोड्दै रजत जितेको छ ।