सनराइज ब्यांकले खोल्यो ६ वटा प्रादेशिक कार्यालय
सनराइज ब्यांकले ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ।
२७ पुसमा ब्यांकले प्रदेश-१ को इटहरी, प्रदेश-२ को लहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश-५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अत्तरियामा कार्यालय स्थापना गरेको हो।
प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय ब्यांकिङ सेवा, संस्थागत सुशासनका साथै व्यापार विस्तारका काम छिटो, छरितो र चुस्त रूपमा सम्पादन गर्ने ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सबै क्षेत्र र वर्गसम्म ब्यांकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ब्यांकले १०२ शाखा, २८ शाखारहित ब्यांकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर र ११४ एटीएममार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।