शेयर बजार दोहोरो अंकले उकालो
शेयर बजार दोहोरो अंकले उकालो छ । आज नेप्से परिसूचक १०.२७ अंकले उकालो लागेर ११४२.०१ अंकमा पुगेको छ ।
बढेको बजारमा १६१ कम्पनीको रु. ३८ करोड २६ लाख बराबरको शेयर खरीद बिक्री भएको छ । आज रु. १ करोड १४ लाख बराबरको शेयर खरीद बिक्री भएको नेपाल ब्यांक लिमिटेड धेरै रकमको कारोबार गर्ने कम्पनी बनेको छ ।
बजार खुलेदेखि नै नेप्से परिसूचक उकालो लाग्दा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स १.११ प्रतिशतले उकालो लाग्यो ।
आज ट्रेडिङ र होटल बाहेकका सबै उपसूचकहरु उकालो लागेका छन् । २.५८ प्रतिशतले उकालो लागेको अन्य उपसूचक सबैभन्दा बढी उकालो लाग्ने उपसूचक बनेको छ ।
शेयर कारोबार भएका कम्पनीमध्ये ९.९७ प्रतिशतले मूल्य बढेको लक्ष्मी लघुवित्त संस्था धेरै मूल्य बढ्ने कम्पनी बन्दा ९.९१ प्रतिशतले मूल्य घटेको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था धेरै मूल्य घट्ने कम्पनी बन्यो ।