HimalKhabar.com :: A Complete Nepali Political News Portal
हर्क गुरुङ जन्मजयन्ती विशेष (आर्काइभ)
ठूलाकाे काठमाडौं यात्रा
ठूलाकाे काठमाडौं यात्रा एक दिन उनीहरू पाँचमाने भन्ज्याङ आइपुगे र बुबाले उसलाई छेउमा बोलाएर अगाडि रहेको काठमाडौँ सहरतिर देखाए। पहिले त ठूलालाई आफ्नै आँखाको विश्वास लागेन। किनभने उसले कहिल्यै पनि यति ठूलो समतल भूमि देखेको थिएन र एकै ठाउँमा यति धेरै घर तथा दरबारहरू हुन्छन् भनेर कल्पना पनि उसले गरेको थिएन। काठमाडौं ठूलाका लागि एउटा आविष्कार नै भयो। उसका अगाडि एउटा नयाँ संसार खुल्न गएको थियो।