हाम्रो बुई चढेर ठूलो बनेको कांग्रेसले हामीलाई नै बुर्कुसी मार्ला भन्ने पिरलो: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बुई चढेर ठूलो पार्टी बनेको नेपाली कांग्रेसका नेताहरूमा अहङ्कार देखिन थालेको बताएका छन्।
अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित आफ्नो पार्टी सम्बद्ध नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कांग्रेस दम्भी र अहङ्कारी देखिएको बताएका हुन्।
“दुई तिहाइका फुर्ती देखाएकालाई ऐतिहासिक रूपमा सडकमा ल्याइयो। त्यसपछि कांग्रेसमा अहङ्कार देखिन थाल्यो,” पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, “हाम्रै बुई चढेर ठूलो भएर फेरि हामीलाई नै बुर्कुसी मार्ला कि भनेर पिरोल्न थालेको छ।”
स्थानीय निर्वाचन २०७९ मा कांग्रेसले आफ्नो पार्टीलाई उचित स्थान नदिएको अध्यक्ष नेपालको भनाइ छ।