माओवादीका ३७३ केन्द्रीय सदस्य र ८६ वैकल्पिक केन्द्रीय सदस्य तय (सूची सहित)
नेकपा (माओवादी केन्द्र)ले ३७३ केन्द्रीय सदस्य र ८६ वैकल्पिक केन्द्रीय सदस्यको टुङ्गो लगाएको छ।
काठमाडौंको प्रज्ञा भवनमा आइतबार बसेको केन्द्रीय समितिको बैकठले केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य टुङ्गो लगाएको हो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य टुङ्ग्याएका हुन्।
माओवादी विधान अनुसार, महाधिवेशनबाट २९९ सदस्य चयन भएका थिए। त्यसमा थप १५ प्रतिशत मनोनीत गर्ने व्यवस्था रहेको छ। त्यस्तै, केन्द्रीय सदस्यको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ।
जस अनुसार, अध्यक्ष दाहालले ८६ वैकल्पिक केन्द्रीय सदस्यको टुङ्गो लगाएका छन्। यससँगै विभिन्न केन्द्रीय विभागका सचिव र सदस्य पनि तय गरिएको छ।
माओवादी केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य र विभागीय सदस्यको सूची: