कांग्रेस महामन्त्रीको मतगणना शुरू
नेपाली कांग्रेसको महामन्त्रीका लागि मतगणना शुरू भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मतगणना शुरू भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।
महामन्त्रीका २ पदका लािग ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।
त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।
कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।