२४०० गणना हुँदा देउवा ४६३ मतले अगाडि
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले २४०० मत गणना हुँदा ४६३ मतले अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, देउवाले १४२२ मत पाएका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्याशी डा. शेखर कोइरालाले ९५९ मत प्राप्त गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजे सकिएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।