९९९ मत गन्दा देउवाको ५० प्रतिशतभन्दा बढी
नेपाली कांग्रेसको सभापतिमा ९९९ मतगणना हुँदा शेरबहादुर देउवाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ९९९ मत गणना हुँदा देउवाले ५९० मत प्राप्त गरेका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्याशी डा. शेखर कोइरालाले ४०१ मत पाएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजेसम्म चलेको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।