मेटलाइफ फाउन्डेशन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग
मेटलाइफ फाउन्डेशन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को बन्दाबन्दीबाट प्रभावितको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।
स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीले खाद्य र आधारभूत सरसफाइका सामग्री कञ्चनपुर, मोरङ र सप्तरीका २५० परिवारलाई बाँडेका छन्।
मेटलाइफ फाउन्डेशनबाट प्राप्त करीब ६ लाख रुपैयाँबाट ती परिवारलाई ह्याबिट्याट फर ह्युम्यानिटीले दुई महीनाका लागि पुग्ने चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीका साथै मास्क, साबुन र सफाइका सामग्री बाँडेका हुन्।
“कोभिड–१९ को महामारीबीच मेटलाइफले राहतका सामग्री वितरण गर्ने काम जारी राखेको छ।ह्याबिट्याटसँगको साझेदारीबाट हामीले विपन्न परिवारको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने सक्नेछौं भन्ने आशा लिएका छौं,” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ‘आश्रयका–लागि–खाना’ कार्यक्रमले कम गुणस्तरको आवास सम्बन्धी दीर्घकालीन विषयहरू समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ।
ह्याबिट्याटले विपन्न र सीमान्तकृत परिवारहरूलाई सुरक्षित आश्रय निर्माण गर्न र कोभिड–१९ ले पारेको असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउने व्यवस्था गर्दछ।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालकी राष्ट्रिय निर्देशक क्रिस्टी स्टिक्नीलले अस्थायी टहरामा बसिरहेका १४५ परिवारका लागि घरको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन्।