भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चुनिएका छन्।
संघको २७ कात्तिक राति सम्पन्न ३४औं साधारण सभाबाट मानन्धर अध्यक्ष चयन भएका हुन्। उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए।
संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जरा निर्वाचित भएकी छन्। त्यस्तै, उपाध्यक्ष (साधारण)तर्फ कृष्णमुरारी न्यौपाने निर्वाचित भए।
उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाईं, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन भएका छन्।
सदस्यतर्फ अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गोकर्ण न्यौपाने, गौतम सुजखू, नवीन प्रजापति, नरेश सुकुपायो, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासू (राजु) र रुकेश रञ्जित चुनिएका छन्।
साथै, सदस्य (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्य (एसोसिएट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ्ग लामा सर्वसम्मत रूपमा चुनिए।
आस्था शाख र श्रीया बल्ल महिला कार्यसमिति सदस्य चयन भएका छन्।