डिशहोमका ‘ह्याप्पी कनेक्सन’ योजनाका विजेता घोषणा
डिशहोमले चाडबाडको अवसरमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई विजेताको घोषणा गरेको छ।
११ असोजदेखि डिशहोम, डिशहोम फाइबर नेट कम्बो प्याकेज, प्रभु टिभी र सिम टिभीको नयाँ कनेक्शन लिएका तथा लालिगाको सिजन टिकट खरीद गरेका ग्राहक योजनामा सहभागी भएका थिए।
लक्की ड्र मार्फत प्रभु टिभी जडान गर्ने काठमाडौंका धु्रब कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएका हुन्।
विजेताले स्पेनको दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र लालिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।