मन्त्रालय फुटाउन लागेकाले विश्वासको मत दिंदैनौं : विवेकशील साझा
विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको नदिने भएको छ।
विवेकशील साझा संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो। मन्त्रालय फुटाउन लागेकाले विश्वासको मत नदिने निर्णय गरिएको विवेकशील साझाले जनाएको छ।
विवेकशील साझाले भनेको छ, “प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाई जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेको सन्दर्भमा बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ।”
यसले आर्थिक भार बढाउने विवेकशील साझाको ठहर छ। “भागबण्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिन जाने हुँदा बैठकले उक्त कार्य नगर्न सरकारलाई खबरदारी गर्ने समेत निर्णय गरेको छ,” विवेकशील साझाले भनेको छ।