माधव नेपालको पार्टीले बनायो तीन सदस्यीय वार्ता टोली
नेकपा (एकीकृत समाजवादी)ले पार्टी प्रवेश गर्न चाहेका समूह वा व्यक्तिसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिवद्वय गंगालाल तुलाधार र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो।
पार्टीमा आउन चाहने जोसुकैसँग संवाद गर्ने जिम्मेवारी पाएको वार्ता टोलीका संयोजक भुसालले हिमालखबरलाई जानकारी दिए। उनले भने, “हाम्रो पार्टीको विचारधारा र सिद्धान्त मन पराएर आउन चाहने जोकोहीसँग छलफल गरेर वार्तामा रिपोर्टिङ गर्छौं।”
वार्ता टोलीले आजभोलिबाटै आफ्नो काम थाल्ने जनाइएको छ। टोलीले एकीकृत समाजवादीमा आउन चाहने व्यक्ति वा समूहसँग छलफल गर्नेछ।