सानिमा ब्यांकबाट किस्ताबन्दीमा सामसङ स्मार्टफोन
सानिमा ब्यांक लिमिटेडबाट सामसङ फ्ल्यागसिप सेगमेन्टका स्मार्टफोन किस्ताबन्दीमा खरीद गर्न सकिने भएको छ ।
सानिमा ब्यांक र सामसङको वितरक हिम इलेक्ट्रोनिक्सबीच शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीमा जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन खरीद सम्झौता भएको हो ।
ब्यांकको क्रेडिट कार्ड प्रयोग गरी १२ महीना किस्ताबन्दीमा फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सकिने छ ।
२० भदौबाट बुकिङ शुरू भएको दुवै स्मार्टफोन ६ असोजमा सार्वजनिक हुने सामसङले जनाएको छ ।
यी स्मार्टफोनको बुकिङ आईएमएस स्मार्ट तथा हिम इलेक्ट्रोनिक्सको देशभर रहेका आउटलेटबाट गर्न सकिने छ ।