कुन दल फुटाउन कति संख्या आवश्यक?
सरकारले अध्यादेश मार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरेको छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ संशोधन गरेर २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने प्रावधान ल्याइएको हो। ऐनमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशतको समर्थन आवश्यक पर्ने उल्लेख छ।
नयाँ प्रावधान आएसँगै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेकपा एमाले समाजवादी’ र जनता समाजवादी पार्टी (जसपा) नेता महन्थ ठाकुरले ‘जसपा समाजवादी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
* संसदीय दलको संख्या सच्याइएको छ।