कोरोना जितेर घर फर्किन् पूर्वरानी कोमल
पूर्वरानी कोमल शाह तीन हप्ताको उपचारपछि कोभिड–१९ मुक्त भएकी छन्।
कोरोना जितेर शुक्रबार अपराह्न डिस्चार्ज भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए।२१ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो।
कोमलसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएकी छन्। एकै दिन अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह भने २९ वैशाखमै अस्पतालबाट डिस्चार्ज भएका थिए।
पूर्वराजपरिवारलाई भारतमा कुम्भ मेला भरेर फर्केपछि कोरोना संक्रमण पुष्टि भएको थियो।