सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्स बीच सहकार्य
सेलकम प्रा.लि.को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।
सहकार्य अन्तर्गत अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न ब्यांक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको र सेलपे एप वा वेब एप्लिकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ।