एनसेलले ल्यायाे ‘नयाँ सजिलो सिम’
एनसेल प्राइभेट लिमिटेडले नयाँ थिम ‘प्लस’ अन्तर्गत नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ।
यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउने एनसेलले विज्ञप्तिमा जनाएको छ ।
रु. ९९ मा यो सिम लिन सकिने र यो योजना अन्तर्गत ग्राहकले सिम लिंदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा पनि बोनस डेटा पाइने उल्लेख छ।
नयाँ सिम लिंदा ग्राहकले रु २० मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने र यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनका लागि मान्य हुने पनि जनाइएको छ।
सिम लिएको दिनको भोलिपल्ट मध्यरात सम्ममा रु. १०० वा सो भन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाइने र यो डेटाको समयावधि ५ दिन रहेको उल्लेख छ।
ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा (१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा) बोनस पाउने एनसेलले जनाएको छ।