HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
भारतीय अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलना मुद्दामा आज सजाय सुनाइँदै
भारतीय अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलना मुद्दामा आज सजाय सुनाइँदै भारतको सर्वोच्च अदालतले त्यहाँका प्रसिद्ध अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलनामा आज सजाय सुनाउँदै छ। भारतको अदालतको अवहेलनासम्बन्धी कानून अनुसार यसमा दोषी पाइएमा ६ महीनासम्म कैद वा भारतीय रूपैयाँ दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।