HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन संसदको मातहत रहनुपर्छ अख्तियार ?
किन संसदको मातहत रहनुपर्छ अख्तियार ? बेलायतमा लामो र गम्भीर बहसपछि यस्तो निकायलाई संसदको आयुक्त (पार्लियामेन्टरी कमिश्नर) को रूपमा खडा गरियो । कार्यकारिणीका उच्च पदस्थ व्यक्तिहरूका विरुद्धमा संसदको कुनै सदस्यमार्फत परेको उजुरीमा अनुसन्धान र तहकिकात गरी नतिजाको जानकारी सदस्यलाई ऐनद्वारा तोकिएको अवधिभित्र दिनुपर्ने र बर्षभरिको अनुसन्धान र तहकिकातको प्रतिवेदन संसद्लाई दिनुपर्ने कानूनी कर्तव्य भएको यस निकायलाई राज्यका तीन विभित्र अङ्गहरूमध्ये व्यवस्थापिकाको अङ्ग बनाइएको छ । यो स्वयम् निर्वाचित हुँदैन, तर निर्वाचित संसद र त्यसका सदस्यको सहयोगी संस्थाको रूपमा कार्यरत रहने हुनाले त्यहाँको राजनीतिक पद्धतिमा यो सुव्यवस्थित भइसकेको दृष्टान्त छ।