क–कसले मत दिए प्रधानमन्त्री ओलीलाई
२७ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाए ।
प्रधानमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार आइतबार मतदान भएको थियो ।
मतदानबाट ओलीको पक्षमा २०८ मत पर्यो । यो मत कुल प्रतिनिधिसभाको २७५ को तीन तिहाइभन्दा बढी हो । मतदानको क्रममा २७५ मध्ये संसद्मा २६८ सांसद् उपस्थित थिए । जसमध्ये ओलीको विपक्षमा ६० मत मात्रै पर्यो ।
ओलीको पक्षमा संसद्मा रहेका पाँच मध्ये चार दल रहे । नेकपा एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले ओलीलाई मत दिए ।
प्रधानमन्त्री ओलीको विपक्षमा प्रतिपक्ष दल नेपाली कांग्रेसले मात्रै मत दियो ।
स्वतन्त्र सांसद्को रुपमा रहेका राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि प्रधानमन्त्रीको पक्षमा मत दिए ।
स्वतन्त्र सांसद् डा. बाबुराम भट्टराई हिजोको संसद् बैठकमा अनुपस्थित रहे । त्यस्तै, स्वतन्त्र सांसद्को रुपमा रहेका नेमकिपाका प्रेम सुवाल तटस्थ बसे ।