नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
संसद्को गरिमामय पद निर्विवाद ढंगले चयन गर्न उम्मेदवारी नदिएको कांग्रेसले जनाएको छ ।
यसअघि वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले उम्मेदवारी नदिएसँगै महरा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।