चैत पहिलो सातासम्ममा पार्टी एकताः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ढिलोमा चैत पहिलो सातासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन् । प्रेस सेन्टर, अछामले १८ फागुनमा पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सकेसम्म फागुन भित्रै नत्र चैत पहिलो सातासम्म एकता घोषणा हुने बताएका हुन ।
दाहालले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको धारणा समेत राखे । स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे ।रासस