माइक्रोम्याक्सको P681 नेपाली बजारमा
भारतीय ब्राण्ड माइक्रोम्याक्सको P681 स्मार्टफोन नेपाली बजारमा आएको छ । यो स्मार्टफोनमा १ जिबी र्यामका साथै १६ जिबी रोम रहेको छ ।
1.3 GHZ क्युड कोड प्रोसेसर रहेको मोबाइलमा ८.० एचडी डिस्पले रहेको छ । फोनमा शक्तिशाली ४००० एमएएच को व्याट्री रहेको छ । यसमा अगाडि २ र पछाडी ५ मेगापिक्सल रिजुलेशन भएको क्यामरा रहेको छ । यो स्मार्टफोन एन्ड्रोइडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनिले जनाएको छ ।
यसमा ४००० एमएचको शक्तिशाली व्याट्री रहेको P681 को बजार मूल्य रु. १४ हजार ७ सय तोकिएको कम्पनिले दाबी गरेको छ ।