हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाईनलमा
रुपन्देही–११ लाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा २४ माघमा भएको खेलमा हिमालयन शेर्पाले रुपन्देहीलाई १–० ले पराजित गरेको हो ।
निशान लिम्बुले खेको ५२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच घोषित लिम्बुले रु. पाँच हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत अर्को क्वाटरफाइनल खेल २५ माघमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाईटड क्लबबीच हुनेछ ।
श्याम गुप्ता, बारा