एक विकेटसहित सन्दीपको प्रदर्शनमा सुधार
अघिल्लो खेलमा दुई ओभरमै ३५ रन दिएर विकेटविहीन सन्दीप लामिछानेले खेलमा सुधार गरेका छन् ।
जारी टी–१० लिगको बुधबारको मराठा अरेबियन्ससँगको खेलमा कर्नाटक टस्कर्सका सन्दीपले एडम लिन्थको महत्वपूर्ण विकेट लिए ।
२० बलमै ५० रन बनाएर खेलिरहेका लिन्थलाई ७.२ ओभरमा सन्दीपले बोल्ड गरेका थिए ।
समग्रमा १२.५० को इकोनोमीमा खेलेका सन्दीपले यो खेलमा पनि तीन छक्का खाएका थिए । तर, लिन्थको विकेटले उनको आत्मविश्वास फर्काएको छ ।
मराठा ४ विकेटको क्षतिमा १२९ रनमा समेटिएको थियो ।
तर, वर्षाका कारण खेल हुन सकेन । दुवै टिमले समान एक, एक बाँडेका छन् ।