खेम भण्डारीलाई एक घण्टा जेल सजाय र एक रुपैयाँ जरिवाना
बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा अदालतको प्रक्रियालाई प्रभाव पारेको आरोपमा खेम भण्डारीलाई एक घण्टा जेल सजाय तोकिएको छ ।
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई एक घण्टा जेल सजाय र एक रुपैयाँ जरिवाना सुनाएको छ । भण्डारी मंगलबार नै छुट्नेछन् ।
जिल्ला बार इकाइले भण्डारी विरुद्ध अदालतको अबहेना मुद्दा दायर गरेको थियो ।