चाहारको विश्व कीर्तिमानीमा भारतको जित
बांग्लादेश विरुद्धको खेलमा भारतका दीपक चाहारले विश्व कीर्तिमानी बलिङ गरेका छन् ।
चाहारले टी–२० क्रिकेटमा ६ विकेट लिए । ३.२ ओभर बलिङ गरेका चाहारले ६ विकेट लिदैं सात रन खर्चिए । टी–२० क्रिकेटमा यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।
चाहारको उत्कृष्ट बलिङसँग भारत ३० रनले विजयी भएको छ । १७५ रनको लक्ष्य पछ्याएको बांग्लादेशले १९.२ ओभरमा अलआउट हुँदै १४४ रन मात्रै बनाउन सक्यो ।