रेसिङ गेंक विरुद्ध डिफेन्डिङ च्याम्पियन लिभरपुल भिड्दै
च्याम्पियन्स लिगमा मंगलबार राति हुने आठ खेल मध्ये डिफेन्डिङ च्याम्पियन लिभरपुल रेसिङ गेंक विरुद्ध भिड्दैछ । खेल नेपाली समय अनुसार, १ः४५ बजे हुनेछ ।
समूह ‘ई’ मा रहेको लिभरपुल तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने गेंकले अहिलेसम्म कुनै पनि जित निकाल्न नसके पछि अन्तिम स्थानमा छ ।
यसअघि बार्सिलोना विरुद्ध स्लाभिया र लिपजिग विरुद्ध पिटर्सबर्ग भिड्दैछ । खेल राति ११ः४० बजे शुरु भएको छ ।