आईएनआई को आरम्भ
काठमाडौंको गोङ्गबुमा अत्याधुनिक सुविधा सहितको सिनेमा हल आईएनआई संचालनमा आएको छ ।
कर्माचार्य कम्प्लेक्सभित्र रहेको सिनेमा हलमा दुई अडिटोरियम (दर्शकदीर्घा) छन्, जसमा पहिलोमा १८१ र दोस्रोमा १५४ सीट छन् ।
आईएनआई द्वारा जारी प्रेस विज्ञप्तिमा सिनेमा हलमा गुणस्तरीय प्रदर्शनको लागि जीडीसी सर्भर प्रविधि प्रयोग गरिएको उल्लेख छ ।
हललाई पूर्ण सुरक्षित प्रविधियुक्त बनाइएको सञ्चालकको दाबी छ ।