समाचारआइतबार, ३ कार्तिक , २०७६

आलमलाई थप पाँच दिन हिरासतमै राख्न अदालतको अनुमति

हिमालखबर

रौतहट नरसंहारको अभियोगमा पक्राउ परेका मोहमम्मद आफताव आलमलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले अनुमति दिएको छ ।

आलम माथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले एक साताको म्याद थप माग गरेको थियो ।

२६ असोजमा पक्राउ परेका आलमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । २७ चैत २०६४ मा बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा हालेर हत्या गरेको आलममाथि आरोप लागेको छ ।

तर, नरसंहारकै आरोप लागेका आलममाथि १२ वर्षसम्म अनुसन्धान हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस