विश्व स्टार रोनाल्डोको ७ सय गोल पूरा
चर्चित विश्व स्टार क्रिश्चियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात गोल पूरा गरेका छन् । सोमबार राति सकिएको खेलबाट रोनाल्डोले करिअरको सात सय पूरा गरेका हुन् ।
सात सय गोल पूरा गर्न रोनाल्डो ९७३ खेल खेले । यूरो कप छनोटमा सोमबार राति युक्रेन बिरुद्ध पोर्चुगलका लागि रोनाल्डोले गोल गरेका थिए ।
यो गोल सँगै रोनाल्डोले आफ्नो देशका लागि ९५औं गोल गरेका छन् । तर रोनाल्डोको गोलले पोर्चुगललाई हारबाट भने सकेन ।
पहिलो हाफमै दुई शून्यले पछाडि परेको पोर्चुगलका लागि ७२औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए ।
हार सँगै ६ खेलबाट ११ अंक जोड्दै पोर्चुगल अंक तालिकाको दोस्रो स्थानमा छ भने सात खेलबाट सात खेलबाट १९ अंक जोड्दै यूरो कपमा छनोट भएको छ ।