जिम्बाबेसँग नेपाल ४० रनले पराजित
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा जिम्बाबे सँग नेपाल ४० रनले पराजित भएको छ ।
१६१ रनको लक्ष्य पछ्याएको नेपाल नौ विकेटको क्षतिमा १२० रनमा सीमित भएपछि दोस्रो पटक पनि जिम्बाबे सँग पराजित भयो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३५ रन जोडेका थिए ।
कप्तान पारस खड्का १२, उपकप्तान दिपेन्द्रसिंह ऐरी ४, आरिफ सेख २५, कुशल मल्ल ५, सोमपाल कामी ७, करण केसी १८ रनमा आउट भए । ओपनर पवन सर्राफ र सुशन भारीले खाता खोल्न सकेनन् ।
सन्दीप लामिछाने ५ र अविनाश बोहोरो ३ रनमा अविजित रहे । नेपाललाई हराउँदै चार अंक सहित जिम्बाबे अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जिम्बाबेले दोस्रो खेलमा ६ विकेटको क्षतिमा नेपाललाई १६१ रन लक्ष्य दिएको थियो । जिम्बाबेका लागि कप्तान सिन विलियम्सले सर्वाधिक ५३ रन बनाए । कप्तान विलियम्सलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले दुई÷दुई विकेट लिए भने अविनास बोहोराले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा छ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल जिम्बाबे सँग बदला लिदै उपाधि जित्ने मनसायमा छ ।