सिटी एक्सप्रेस र ईसेवा बीच रेमिट्यान्स कारोबार शुरु
सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवा बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।
सम्झौताअनुसार, ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भर रहेका सात हजार बढी एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको जनाइएको छ ।
नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनका लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिंधै ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा सुरु हुनेछ ।
एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गरे ।