कीर्गिस्तान विरुद्ध नेपालको शानदार जित, सावित्राको ह्याट्रिक
कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलमा नेपालले शानदार विजयी शुरुवात गरेको छ ।
घरेलु मैदानमा कीर्गिस्तान विरुद्ध नेपाली स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक नै गरिन् । उनले ह्याट्रिकसहित चार गोल गर्दा नेपाल ८–२ गोल अन्तरले विजयी भयो ।
खेलको तेस्रो मिनेटमै गोल गर्दै नेपालले अग्रता लिएको थियो । कमजोर डिफेन्सको फाइदा उठाउँदै भण्डारीले चार गोल गरेकी थिइन् ।