अहिलेसम्मकै उच्च मूल्य लिएर सन्दीप लामिछाने सोमबार सीपीएलको मैदानमा
अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगहरुमा अनिवार्य खेलाडी बनिसकेका नेपालका युवा स्टार सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस ट्रिडेन्टसकाे खेल सोमबार शुरु हुँदैछ ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल)को टीम बार्बाडोसले सन्दीप लामिछानेलाई महँगो मूल्यमा अनुबन्धित गराएकाले सोमबार नै उनले खेल्न पाउने संभावना बढी छ ।
अघिल्लो सिजनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले सन्दीपलाई मात्रै पाँच हजार डलरमा अनुबन्धित गराएका थिए ।
तर, सन्दीपले पाँच खेलमै सात विकेट लिएर आफूलाई प्रमाणित गरे । यस पटक भने सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा अनुबन्धित गराएका छन् ।
गत वर्ष इण्डियन प्रिमियर लिगमा नेपाली ३२ लाखमा खेलेका सन्दीपले बिग बासमा ५० हजार डलर, ग्लोबल टी–२० मा ४० हजार डलर, टी–१० मा ३० डलर पाएका थिए ।
सन्दीपले अफगानिस्तान प्रिमियर लिग १५ हजार डलरमा खेलेका थिए । ४८ लिग खेलिसकेका सन्दीपले ६४ विकेट लिएका छन् ।